बैंक ठगीको आरोपमा पृथ्वी शाह लगायतका ६ जना पक्राउ, अमेरिकामा समेत ठगी गरेको आरोप
काठमाडौँ । अमेरिकाबाट अवैध रुपमा नेपालमा रकम भित्राउन खोज्ने पृथ्वी शाह सहितका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको छ । शाहलाई ठगी मुद्दामा कारवाही गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार शाह लगायतका ६ जनालाई ठगी मुद्दामा कारवाहीका लागि पक्राउ गरिएको हो । उनीहरुले नेपालका केही बैंक र अमेरिकामा पनि ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । शाहको समूहले नेपालको सिद्धार्थ बैंक लगायतका केही बैंकलाई पनि ठगी गरेको पाइएको छ ।
तत्कालका लागि ठगी मुद्दामा मात्रै कारवाही सुरु हुने भएपनि अनुसन्धानका क्रममा डलरको अवैध तस्करी, क्रिप्टोकरेन्सी लगायतका विषयमा पनि अनुसन्धान हुने प्रहरीले बताएको छ । शाहले केही समयअघि अमेरिकाबाट नेपाल पठाएको पैसा नेपाल राष्ट्र बैंकले रोक्का राखेको थियो । उक्त रकम फुकुवा गर्न शाहले विभिन्न शक्तिकेन्द्रमा दबाब दिएको समाचार बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण