‘काँडेटार’ नयाँ वर्षमा रिलिज हुने
काठमाडौं । अभिनेता नवल खड्काको निर्माण, निर्देशन रहेको फिल्म ‘काँडेटार’ नयाँ वर्ष (विसं २०८०) मा प्रदर्शनमा आउने भएको छ । निर्माता निर्देशक खड्काले राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म नयाँ वर्षमा मात्र रिलिज गर्ने योजना रहेको बताए ।
नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने विषय कथा बनाइएको फिल्मको टिजर केही अगाडि सार्वजनिक भएको थियो । टिजरका दर्शकले रुचाएको कारण फिल्म दर्शकको प्रतीक्षित सूचीमा रहेको छ ।
नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवी शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय फिल्ममा छ ।
फिल्ममा सीमानामा काँडेतार बारले मुलुकका नागरिक र भूमिको संरक्षणमात्र गर्ने नभई असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने र नागरिकलाई राष्ट्रियता बोध गराउने कथा समेत देखाइएको निर्देशक खड्काले बताए । टिजर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
नवलले यसअघि पनि राष्ट्रियताको भाव बोल्ने ‘दशगजा’, ‘आवाज’, ‘भीमदत्त’ जस्ता फिल्म निर्माण गरेका थिए । गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्ममा माकिको राई र अञ्जु केसी निर्माताको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण