यस्तो छ आजको मौसम पूर्वानुमान
शनिबार, २३ पुस २०७९, ०६ : ०३

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा