लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
आइतबार, २४ पुस २०७९, ०७ : २९
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ ।
बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुने बताइएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ । पार्टीले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो।
सरकारको विषयमा पनि कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । ‘चुनावपछिको यो पहिलो बैठक हो, बैठकमा चुनावको समीक्षा पनि हुन्छ, संगठन निर्माणका थुप्रै कामहरु बाँकी छन् त्यसका विषयमा पनि छलफल हुन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण