सुटिङका दौरान रोहित शेट्टी घाइते
हैदराबाद । फिल्म निर्माता रोहित शेट्टी शनिबार सुटिङका दौरान घाइते भएका छन् । उनलाई हैदराबादको एक अस्पतालमा भर्ना गरिएको छ । रिपोर्टका अनुसार उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को सुटिङ गरिरहेका थिए । कार सिक्वेन्सको सुटिङका क्रममा उनको हातमा चोट लागेको थियो । यो घटना हैदराबादको प्रसिद्ध रामोजी फिल्म सिटीको हो।
रोहितलाई निर्माण टोलीले तत्कालै स्थानीय कमिनेनी अस्पतालमा भर्ना गरेको थियो । पछि चिकित्सकको टोलीले उनको हातको सानो शल्यक्रिया गरेको थियो । यसबारे रोहित शेट्टीका प्रवक्ताले आधिकारिक बयान जारी गर्दै भनेका छन्ने, ‘रोहित हिजो राति आफ्नो आगामी वेब सिरिज इन्डियन पुलिस फोर्सको एक्सन सीन सुटिङ गरिरहेका थिए । यस क्रममा उनको औँलामा सामान्य चोट लागेको छ । चोटको तत्काल उपचार गरेपछि उनले सुटिङ सुरु गरेका छन् ।
‘इंडियन पुलिस फोर्स’ रोहितद्वारा निर्देशित एक मेगा बजेट वेबसिरिज हो। उनले पहिलो पटक वेब सिरिज निर्देशन गर्दैछन् । यस सिरिजमा सिद्धार्थ मल्होत्रा मुख्य कलाकारको रुपमा देखिनेछन् । यसका अलावा शिल्पा शेट्टी र विवेक ओबेरोय पनि यसमा देखिनेछन् । यो ओटीटी प्लेटफर्म 'अमेजन प्राइम' मा रिलीज हुनेछ।
रोहित शेट्टी एक्सन फिल्मका लागि परिचित छन् । रोहितको फिल्ममा प्रायः दुईवटा कार आपसमा भिड्ने गर्छ । उनको सिंघम, दिलवाले र सूर्यवंशी जस्ता फिल्ममा दमदार एक्सन देखिएको छ । रोहित आफैं पनि एक्सन गर्न मन पराउँछन्। उनी रियालिटी शो खतरो के खिलाडीमा पनि खतरनाक स्टन्ट गर्दै देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण