शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आइतबार, २४ पुस २०७९, १२ : १५
आइतबार, २४ पुस २०७९

काठमाडौँ । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नेछन् । 

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले खुलाएको छ ।

ग्राहकहरुले यस अफर अवधी भरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप