रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक
टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ । रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ ।
बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले रुसी र युक्रेनी समकक्षीसँग फोनवार्ता पनि गरेका थिए । त्यस वार्ताका क्रममा पनि उनले रुस र युक्रेनका बीचमा हाल जारी रहेको युद्धको अन्त्यका लागि स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्ने आग्रह गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस फोनवार्ताका क्रममा राष्ट्रपति एर्डोगानले आफू रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताए । उनले रुस र युक्रेन दुबैलाई स्थायी युद्धविराम गर्न आग्रह गर्दै त्यसपछि आफूले शान्ति वार्ताको मध्यस्थता गर्ने बताए ।
रुसले अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा हमला गरेको थियो । त्यसपछि अहिलेसम्म पनि रुसले युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको बताइएको छ । शान्ति वार्ताका लागि विश्वका विभिन्न देशले आग्रह गरेको भए पनि यी दुई देशले मानेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण