प्रेमी युद्धलाई पूजाले भनिन्, ‘म पूर्णतया टूटेको समयमा तिमी मेरो जिन्दगीमा आयौ’
आइतबार, २४ पुस २०७९, १२ : ५९
काठमाडौँ । पूजा शर्मा प्रायः चर्चामा छाइरहने कलाकार हुन् । कहिले फिल्म त, कहिले व्यक्तिगत धारणा उनको चर्चाको विषय हुने गरेको छ ।
अहिले फेरि उनी समाचारको विषय बनेकी छन् । यति बेला उनी गत राति प्रेमी युद्ध बानियाँलाई जन्मदिनको शुभकामना दिएको कारण समाचारको विषय बनेकी हुन् । जसमा उनले आफ्ना मनका भावना पोखेकी छन् ।
मायाको सङ्केत गर्ने इमोजी राख्दै मध्य राती प्रेमी युद्ध बानियाँलाई पूजाले माया शब्दहरू पोखेकी छन् । त्यस क्रममा उनले युद्ध भगवानले आफ्ना लागि दिएको सबैभन्दा उत्कृष्ट उपहार भएको बताएकी छन् ।
‘म तिमीलाई सधैं माया गरिरहने छु, पूजाले लेखेकी छन् ‘म पूर्णतया टूटेको समयमा तिमी मेरो जिन्दगीमा आएका थियौ ।’ पूजाले उनको ओठमा आएको मुस्कान, आँखामा आएको चमक तथा जीवनमा आएको खुसी समेत आफ्ना प्रेमी बानियाँकै भएको समेत भावना राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण