बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६० कोरसले प्रियंका घेरिएपछि....

सोमबार, ०७ फागुन २०७४, ११ : ४७
सोमबार, ०७ फागुन २०७४

काठमाडौं – अभिनेत्री प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की ६० जना कोरसको बीचमा नाचेकी छन् । यति धेरै कोरस प्रयोग गरिएको सम्भवत यो पहिलो म्युजिक भिडियो हो । 
मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ । महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो उत्कृष्ट लाग्छ । 
भिडियोलाई सुदीप बराले खिचेका हुन्, भने अर्जुन जिसीको सम्पादन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीत गोकर्ण रिसोर्टका सुन्दर दृष्यमा छायाँकन गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप