बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कतै तपाईं ‘हेलिकोप्टर पेरेन्ट’ त होइन ? बच्चालाई स्वतन्त्रता दिनुहोस्, आफैँ सिक्ने मौका दिनुहोस्

सोमबार, २५ पुस २०७९, ११ : ०१
सोमबार, २५ पुस २०७९

‘साना केटाकेटीहरूलाई शिक्षित गराउनुपर्छ, तर उनीहरूलाई आफैंलाई शिक्षित गराउन छोडिदिनु पनि पर्छ ।’

– अर्नेस्ट डिमनेट

माथिको भनाई, सन् १९३० को दशकमा थिङ्किङ् र रिजनिङको लोकप्रिय पुस्तक ‘द आर्ट अफ थिङ्किङ’ का लेखक, फ्रान्सेली पादरी र लेक्चरर अर्नेस्ट डिमनेटको इशारा हेलिकोप्टर पेरेन्टिङतर्फ नै हो ।

सबै कुरामा नियन्त्रण

बालबालिकाको स–साना कुरामा हस्तक्षेप गर्ने, के खाने, के लगाउने, कसरी साथी बनाउने, कसरी र के बोल्ने, कुन विषय पढ्ने भन्ने अभिभावक देख्नुभएको छ ? अर्थात् सानोभन्दा सानोदेखि ठूल्ठूला कुरामा सल्लाह दिन्छन् ?

यस्तै खालका अभिभावकलाई हेलिकोप्टर पेरेन्ट भनिन्छ ।

त्यसो भए बालबालिकालाई ध्यानमा राख्नु खराब पेरेन्टिङ हो ? के यस्तो खालको पेरेन्टिङ सही छ ? यस्ता खालका पेरेन्टिङको बालबालिकाको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ ? आज हामी यस्तै खालका प्रश्नलाई बुझ्ने कोसिस गर्नेछौँ ।

हेलिकोप्टर पेरेन्ट के हो ?

हेलिकोप्टर पेरेन्ट्स यस्ता अभिभावक हुन् जो विशेष रुपमा शैक्षिक संस्थामा बालबालिका वा बालबालिकाको अनुभव र समस्यामा अत्यधिक ध्यान दिने गर्छन् ।

यो नाम यसकारण राखिएको छ किनभने हेलिकोप्टर जस्तै , उनीहरु आफ्नो बच्चाको जीवनको हरेक पाटोको लगातार निगरानी गर्दै ‘माथि उडिरहन्छन्’ । हेलिकोप्टर पेरेन्टलाई सामाजिक सम्बन्धसहित जीवनको सबै पाटोमा आफ्नो बच्चाको कडा निगरानीका लागि पनि चिनिन्छ ।

मानिसहरू हेलिकोप्टर पेरेन्टिङ किन भन्छन्

१) ती व्यक्तिहरू हेलिकोप्टर पेरेन्ट्स हुनसक्छन् जसले कठिनाई र नकारात्मक अनुभवलाई केही सिक्ने र एक व्यक्तिको रुपमा बढ्ने अवसरको रुपमा नभई सीपको कमीको संकेतको रुपमा हेर्ने गर्छन् ।

२) केही आमाबाबुलाई आफ्नो जीवनमा लिइएका निर्णयहरूमाथि पछुतो हुन्छ । त्यसैले उनीहरू आफ्ना छोराछोरीलाई पनि यस्तै समस्या होस् भन्ने चाहँदैनन् । उदाहरणका लागि, म एउटी आमालाई चिन्छु जसले हरेक तीन चार महिनामा आफ्नो बच्चाको लागि नयाँ जुत्ता र चप्पलको थुप्रो लगाइदिन्छिन्, चाहे बच्चालाई नयाँ जुत्ता वा चप्पल चाहिएको छ वा छैन । त्यसो गर्दा, उनीहरू प्रायः बच्चाको छनोटको ख्याल गर्दैनन् । अलिकति छानबिन गरेपछि थाहा पाएँ कि आमाले बाल्यकालमा केही समय च्यातेको जुत्ता लगाएर बस्नुपरेको थियो, जुन उनको लागि निकै ‘लाजमर्दो’ थियो ।

helicopter parentingहेलिकप्टर पेरेन्टिङको समस्या र समाधान

१) यसका केही समस्या पनि छन् । बच्चाहरु आफू केही विशेष भएको महसुस गर्छन् । यस्ता बालबालिकाले पछि समाजमा घुलमिल हुन धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । आमाबाबुले आफ्नो पद, पैसा आदिले बच्चाको जीवनलाई असर नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ । जस्तै कि मेरो इन्स्टिच्युटमा सिनियर जजको बच्चाको ब्याचमा कसैले केही थाहा पाएनन् कि उनीहरुका पिताले के गर्दथे । उनीहरुले पनि अरू बच्चाहरू जस्तै व्यवहार पाउँथे र अरुले झैँ पढ्थे । उनीहरुका पिताले चाहेको भए बच्चालाई विशेष व्यवहारको लागि दबाब दिन सक्थे।

२) बालबालिकामा भावनात्मक समस्याहरू हुन्छन्

 हेलिकप्टर पेरेन्ट्सका छोराछोरीहरू आफ्ना भावनाहरूलाई कसरी नियन्त्रण गर्ने भनेर नसिकिकनै हुर्किन्छन् किनभने उनीहरुका आमा–बुवाले उनीहरुका लागि यस्तै गरेका हुन्छन् । यदि उनीहरु दुःखी हुन्छन् भने उनका आमा–बुवा उनीहरुलाई हौसला दिन्थे । उनीहरु रिसाए भने उनका आमाबुवाले उनीहरुलाई शान्त पार्थे ।

३) बच्चाहरूमा सेल्फ–रेगुलेशन स्किल्सको कमी हुन्छ

 हेलिकप्टर पेरेन्ट्सका छोराछोरीहरू अन्य बच्चाहरू जत्तिकै खाली समय बिताउँदैनन् । उनीहरूको वातावरण सामान्यतया उच्च संरचित हुन्छन्, र तिनीहरूको समय निकै सटिक तरिकाले व्यवस्थित गरिन्छ । आफूलाई प्रबन्ध गर्ने अभ्यास गर्ने अवसरहरू बिना, उनीहरूसँग आफ्नो लक्ष्यमा पुग्न आवश्यक सीपको कमी हुने गर्छ ।

समाधान भनेको बच्चाहरूलाई केही स्वतन्त्रता दिनु हो, उनीहरूलाई लड्न दिनुहोस् र उठ्न दिनुहोस्, र आफैं सिक्न पनि दिनुहोस् । प्रत्येक चोटि बच्चालाई सहारा दिँदा तपाईं अन्ततः बच्चाको लाठी बन्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप