आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा आलोपालो हुन्छ, सहमति सच्चिन्छ : राम कार्की

सोमबार, २५ पुस २०७९, १३ : १५
सोमबार, २५ पुस २०७९

विराटनगर । नेकपा (माओवादी केन्द्र) का सचिव तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले प्रदेश १ सरकार आलोपालो हुने बताएका छन् । उनले केन्द्रले गरेको निर्णय करेक्सन गराउन पहल भइरहेको पनि बताए । `हामीले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेका छौँ,´ कार्कीले भने, `उहाँले हिजाे भएको सहमति करेक्सन हुन्छ भन्नुभएको छ ।´

कार्कीले एमालेले जसाेजसाे भन्यो त्यसै त्यसै माओवादीले नगर्ने बताए । केन्द्रको निर्णयमा आलोपालो  नगरेपछि प्रदेश १ सरकारमा आफूहरू नजाने माओवादी केन्द्रले बताएको छ । प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । उनलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप