प्रदेश १ : माओवादी केन्द्रले शपथग्रहण बहिष्कार गर्ने
सोमबार, २५ पुस २०७९, १३ : ४९
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण बहिष्कार गर्ने निर्णय गरेको छ । संसद् सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए ।
आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णयसमेत गरेको छ । प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कार्की आइतबार नियुक्त भएका छन् । उनलाई आज दिउँसाे २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्रीमण्डल निर्माण गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण