शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समीक्षाको आक्रोश : जो अरूको कुरा काट्छ, त्यो घटिया हुन्छ

सोमबार, २५ पुस २०७९, १४ : २१
सोमबार, २५ पुस २०७९

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूलाई अपशब्द बोल्ने हक कसैलाई नभएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो कुरा काट्ने र गाली गर्नेहरूप्रति आक्रोश समेत पोखेकी छन् । उनले आफ्नो कुरा काट्नेलाई ‘घस्यौटा’को संज्ञा समेत दिएकी छन् ।

‘जो अरूको कुरा काट्छ । त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने’, उनले अगाडि लेखेकी छन् ‘यहाँ अरूको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् ।’

उनले कसैलाई आफ्नो गीत सुन्नु छैन भने नसुन्दा हुन्छ भन्दै अपशब्द सुन्न मन नभएको स्पष्ट पारेकी छन् । 

यस्तो छ समीक्षाको पोस्ट

एउटा ठुलै विद्वानले भनेका रैछन् मान्छे तिन किसिमका हुन्छन् । उच्च स्तरको त्यो हो जसले बिचार र सिद्धान्तका कुरा गर्छ व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ । मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो । अनि जो व्यक्तिको बारेमा कुरा गर्छ अरूको कुरा काट्छ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ । यी रुख होइनन्, फल र फूल पनि होइनन्, पात हुन्, खसेर घस्यौटा बन्ने र जता हावा लाग्छ उतै उड्ने । यहाँ अरूको कुरा काट्ने यस्ता घस्यौटा धेरै छन् । 

सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुटाउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् । भविष्यको बारेमा निर्णय गर्न जान्दैनन् । देश कस्ता कानुनमा जेलिएको छ भन्ने उनीहरूलाई थाहा हुँदैन । सपनाको दुनियाँमा अगाडि बढ्दा गलत बाटोमा पनि पर्न सक्छन्, समाजले अभिभावकले यो बुझ्नुपर्छ । म गायिका हुन जन्मेकी हुँ । स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ । 

कसैलाई मेरो गीत सुन्नु छैन भने नसून र मलाई पनि तिम्रो अपशब्द सुन्नु छैन । तिम्रो के खाएकी छु मैले, तिमीले मलाई अपशब्द भन्ने के हक र साइनो छ ?

हुन त हिउँदका कठ्याङ्ग्रिँदा दिनमा घसौटा बटुलेर आगो ताप्नुपर्दो रहेछ । एउटी दिदीले भन्नुहुन्थ्यो, जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ, यो कुरा मलाई पनि ठिकै लाग्छ । नबोले त यहाँ हेप्छन्, घस्यौटाहरू मनलागी उड्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप