४६ अंकले बढेर नेप्से सूचक २२ सयको अंकमा, १० कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ४६ अंकमाथिले वृद्धि हुँदै २२ सयको अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४६.७६ अंकले वृद्धि हुँदै २२११.३८ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन यस्तो सूचक २० अंकले बढ्दै २१६४.४८ विन्दुमा उक्लिएको थियो । यद्यपि, अघिल्लो दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज कारोबारमा सामान्य गिरावट आउँदै ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी रिडी पावर कम्पनीको २० करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको ६ सय कित्ता सेयर किनबेच भएको छ भने न्याधी ग्रुप पावरको आज १६ करोड ९६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज झण्डै १ दर्जन कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, झण्डै २ दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण