लोसपाले मधेस प्रदेशको दलको नेता आज चुन्दै
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्ने भएको छ । आज जनकपुरधाममा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीको तयारी छ । दलको नेतामा मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र पूर्व राज्यमन्त्री अभिराम शर्मा आकांक्षी रहेका छन् ।
यसअघि पनि लोसपा मधेस प्रदेश अध्यक्ष सोनल दलको नेता रहिसकेका छन् । यसपटक पनि दलको नेतामा दाबी गरेपनि उनलाई नस्वीकार्ने पार्टीबाटै आज उठिरहेको छ । उनकै पार्टीका प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले फेरी पनि सोनललाई नै स्वीकार्न नसकिने बताइसकेकी छिन् ।
रातोपाटीसँग भएको एक संवादमा तिवारीले लोसपाबाट ९ जना प्रदेशसभा सदस्य निर्वाचित भएकोमा ५ जना महोत्तरीबाटै भएकोले यस पटक दलको नेता महोत्तरीले पाउनुपर्ने अडान राखेकी छिन् ।
महोत्तरीमा लोसपाले प्रत्यक्षमा तीन प्रदेशसभा सांसद जितेको छ भने समानुपातिकमा दुई जना सांसद पनि महोत्तरीले नै पाएको छ । यसरी ९ जना मध्ये पाँच जना प्रदेश सांसद महोत्तरीबाट निर्वाचित भएर आएका छन् ।
गत शुक्रबार बसेको मधेस प्रदेशका सांसदहरुको बैठकले संसदीय दल विधान संशोधन गरेर पठाइसकिएको छ । सोमबार नै दलको नेता चयन गर्ने भनिए पनि तयारी पूरा हुन नसक्दा आज प्रदेशसभा सदस्यहरुको बैठक बसेर संसदीय दलको नेता चयन गर्न लागेको हो ।
मधेस प्रदेशमा दुई समानुपातिकसहित ९ जना सांसद रहेको छ । मधेस प्रदेशमा लोसपा सरकारमा सहभागी हुने सम्भावना कम छ । त्यसैले संसदीय दलको नेता चयनमा हतार नगरेको एक जना प्रदेश सांसदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण