प्रचण्डलाई विश्वासको मत दिए महाभुल हुनेछ : नैनसिंह महर
मङ्गलबार, २६ पुस २०७९, ०८ : ००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने बताए ।
'निर्वाचन अगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘ आज फेरि भन्छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’
उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् । बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)