प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आजै बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको छ । अब कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको हो ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव कार्यसम्पादन र संसदीय दलको बैठकबाट पारित भएको सिटौलाको भनाइ छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश