प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आजै बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको छ । अब कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको हो ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव कार्यसम्पादन र संसदीय दलको बैठकबाट पारित भएको सिटौलाको भनाइ छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण