‘तिम्रो मेरो साथ’ सेन्सर पास
काठमाडौँ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।
फिल्म रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । फिल्म सेन्सरले बिना काटछाट पास गरेको निर्देशक पौडेलले बताए । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको यो फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । फिल्ममा शिव ढकालको छायांकन, सुवास भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण