बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भन्द्रगोलकी रक्षा किन यस्तो अवतारमा ?

सोमबार, ०७ फागुन २०७४, १५ : २५
सोमबार, ०७ फागुन २०७४

काठमाडौं  – हाँस्य श्रृखला भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठको दमदार अभिनय रहेको अर्काे गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेका हुन् । 
सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो ।गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐनाजस्तै छर्लग पारेको छ । 
यो भिडियोमा निर्देशक तुलाले ठूलो मेहेनतका साथ काम गरेका छन् । भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् । बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् ।
भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप