शनाकाको शतक खेर, भारतले श्रीलंकालाई ६७ रनले हरायो

गुवाहाटी । गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ । विराट कोहलीको शतक र रोहित शर्मा र शुभमन गिलको अर्धशतकको मद्दतले भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३७३ रन बनाएको थियो ।
कोहलीले ८७ बलमा ११३ रन, रोहित शर्माले ६७ बलमा ८३ रन र शुभमन गिलले ६० बलमा ७० रन बनाए । श्रीलंकाका कासुन रजिथाले सर्वाधिक ३ विकेट लिए ।
३७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात खराब रह्यो । उसको पहिलो विकेट १९ रनमा खसेको थियो । सय रन अघि नै उनका तीन ब्याट्सम्यान पभिलियन फर्किसकेका थिए ।
श्रीलंकाको आठौं विकेट २०६ रनमा झरेको थियो । नवौँ विकेटका लागि दासुन शनाका र कासुन रजिथाले इनिङ्स सम्हाले । शनाकाले केही शानदार शटहरू प्रहार गर्दै अन्तिम ओभरमा आफ्नो शतक पूरा गरे। उनले श्रीलंकालाई ३०० भन्दा माथि पुर्याए पनि जितसम्म भने पुर्याउन सकेनन् । श्रीलंकाको टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था