शनाकाको शतक खेर, भारतले श्रीलंकालाई ६७ रनले हरायो
गुवाहाटी । गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ । विराट कोहलीको शतक र रोहित शर्मा र शुभमन गिलको अर्धशतकको मद्दतले भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३७३ रन बनाएको थियो ।
कोहलीले ८७ बलमा ११३ रन, रोहित शर्माले ६७ बलमा ८३ रन र शुभमन गिलले ६० बलमा ७० रन बनाए । श्रीलंकाका कासुन रजिथाले सर्वाधिक ३ विकेट लिए ।
३७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात खराब रह्यो । उसको पहिलो विकेट १९ रनमा खसेको थियो । सय रन अघि नै उनका तीन ब्याट्सम्यान पभिलियन फर्किसकेका थिए ।
श्रीलंकाको आठौं विकेट २०६ रनमा झरेको थियो । नवौँ विकेटका लागि दासुन शनाका र कासुन रजिथाले इनिङ्स सम्हाले । शनाकाले केही शानदार शटहरू प्रहार गर्दै अन्तिम ओभरमा आफ्नो शतक पूरा गरे। उनले श्रीलंकालाई ३०० भन्दा माथि पुर्याए पनि जितसम्म भने पुर्याउन सकेनन् । श्रीलंकाको टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण