हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित
जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ ।
खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् ।लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको सिंजा गाउँपालिका–६ जुम्लाकी स्थानीय महिला बिस्नकली बुढाले बताइन् ।
उनले भनिन्, 'यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो।'
खेतीमा निर्भर किसानलाई मौसमले अन्याय गरेको उनको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ । सिंजा–५ जुम्ला शनिगाउँका गाउँका स्थानीय किसान दानबहादुर बुढाले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गरे।
आकाशेपानीको भरमा खेती गर्ने यहाँका किसान हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा चिन्तित छन्। जिल्लाको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था नहुँदा आकाशे वर्षाको भरमा खेती हुँदै आएको छ।
खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।जाडोमा हिउँ पर्नुको साटो तुषारो परिरहेको छ।
यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताए । पुसकाे अन्तिमसम्म हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ उत्पादनमा समेत ह्रास आउन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण