शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित

बुधबार, २७ पुस २०७९, २० : १६
बुधबार, २७ पुस २०७९

नेपालगञ्ज । हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् । 

नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन् । हरेक दिन जहाजले एउटा मात्रै उडान भएपनि यात्रुहरू धेरै नहुने गरेको स्थानीयहरू बताउँछन् । जहाजको क्षमता १८ जनाको भएपनि जहाजमा समानहरू भरेर करिब दैनिक १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयहरूले बताए ।

नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ । विमान स्थालबाट काठमडांै, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ । अहिले जाडो सिजनमा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए । 

चिसोका कारणले पहाडी भेगका मानिसहरू धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालले बताए । उनले जहाजमा मानिसहरू यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको बताए । यात्रुहरू अपुग भएपछि एरलइन्सहरु मिलेर सीमित उडान गरिरहेको प्रमुख खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप