शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
खाने हैन त तरुल ?, तस्बिरहरू हेर्नुहोस्
फोटोफिचर

खाने हैन त तरुल ?, तस्बिरहरू हेर्नुहोस्

बिहीबार, २८ पुस २०७९

माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ  । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ ।

माघ १ गते देश विदेशमा रहेका नेपालीहरुले मकर सङ्क्रान्ति धुमधामका साथ मनाउने गर्छन् । माघे सङ्क्रान्ति आएसँगै काठमाडौँको कालीमाटीमा तरुल लगायतका कन्दमूलको बिक्री बढेको छ। किलोको १०० का दरमा अहिले तरुल बिक्री भइरहेको व्यापारीहरू बताउँछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया