एकीकृत समाजवादीमा प्रवेश गर्ने घनश्यामको तयारी
काठमाडौँ । मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
‘हामीले उहाँले राखेका प्रस्तावको जवाफ पठाइसकेका छौ । अव छिट्टै उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ’, तुलाधरले भने, ‘बाँकी विषयमा बैठक बसेर निर्णय हुन्छ ।’
एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ । स्रोतका अनुसार आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसाल औपचारिक रूपमा पार्टी प्रवेशको तयारी भइरहेको छ ।
मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले वापन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल चलाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण