आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीमा प्रवेश गर्ने घनश्यामको तयारी

बिहीबार, २८ पुस २०७९, १२ : ३०
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । 

‘हामीले उहाँले राखेका प्रस्तावको जवाफ पठाइसकेका छौ । अव छिट्टै उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ’, तुलाधरले भने, ‘बाँकी विषयमा बैठक बसेर निर्णय हुन्छ ।’

एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ । स्रोतका अनुसार आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसाल औपचारिक रूपमा पार्टी प्रवेशको तयारी भइरहेको छ । 

मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले वापन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल चलाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप