५० हजार वर्षअघि देखिएको पुच्छ्रेतारा फेरि देखा पर्दै, यसरी हेर्न सकिन्छ
काठमाडौं । ५० हजार वर्ष अघि पृथ्वीबाट सौर्यमण्डलमा देखिएको पुच्छ्रेतारा फेरि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ । C/2022 E3 (ZTE) नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने र त्यस पश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने जनाइएको छ ।
नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवतारा नजिकै पुस अन्तिम सातादेखि माघ महिनाको दोस्रो साता सम्म सा“झ ७ बजे पछि अवलोकन गर्न सकिने जानकारी दिइएको छ । २ फेब्रुअरी मा यो पुच्छ्रेतारा पृथ्वीबाट ४२ करोड किमिको दुरीमा आइपुग्ने जनाइएको छ । हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि दक्ष्ँिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्ने समितिले जनाएको छ ।
यद्यपि यसलाई नाङ्गो आँखाले अवलोकन गर्न नसकिने जनाइएको छ । समितिका अनुसार यसलाई हेर्न वाइनाकुलर तथा टेलिस्कोपको सहायता आवश्यक पर्नेछ । तर २ फेब्रुअरीपछि केही समयका लागि यसलाई खाली आँखाले पनि अवलोकन गर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण