शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५० हजार वर्षअघि देखिएको पुच्छ्रेतारा फेरि देखा पर्दै, यसरी हेर्न सकिन्छ

बिहीबार, २८ पुस २०७९, १५ : ०९
बिहीबार, २८ पुस २०७९

काठमाडौं । ५० हजार वर्ष अघि पृथ्वीबाट सौर्यमण्डलमा देखिएको पुच्छ्रेतारा फेरि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ । C/2022 E3 (ZTE)  नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने र त्यस पश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने जनाइएको छ ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवतारा नजिकै पुस अन्तिम सातादेखि माघ महिनाको दोस्रो साता सम्म सा“झ ७ बजे पछि अवलोकन गर्न सकिने जानकारी दिइएको छ । २ फेब्रुअरी मा यो पुच्छ्रेतारा पृथ्वीबाट ४२ करोड किमिको दुरीमा आइपुग्ने जनाइएको छ । हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि दक्ष्ँिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्ने समितिले जनाएको छ ।

यद्यपि यसलाई नाङ्गो आँखाले अवलोकन गर्न नसकिने जनाइएको छ । समितिका अनुसार यसलाई हेर्न वाइनाकुलर तथा टेलिस्कोपको सहायता आवश्यक पर्नेछ । तर २ फेब्रुअरीपछि केही समयका लागि यसलाई खाली आँखाले पनि अवलोकन गर्न सकिने जनाइएको छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप