कर्णाली प्रदेश एमाले र माओवादीबाट एक/एक जना मन्त्री बन्दै
बिहीबार, २८ पुस २०७९, १६ : २८
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक/एक जना मन्त्री बन्ने भएका छन् । एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाही विना विभागीय मन्त्री बन्न लागेका हुन् ।
बिहीबार एमाले र माओवादीले एक/एक जनालाई सरकारमा पठाउने निर्णय गरेका हुन्। माओवादी केन्द्रका शाही मुगु प्रदेश सभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र–२ प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए। शाह र शाहीलाई मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीमा नियुक्त गरेसँगै आजै शपथग्रहण गराउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण