कर्णाली प्रदेश एमाले र माओवादीबाट एक/एक जना मन्त्री बन्दै
बिहीबार, २८ पुस २०७९, १६ : २८

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक/एक जना मन्त्री बन्ने भएका छन् । एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाही विना विभागीय मन्त्री बन्न लागेका हुन् ।
बिहीबार एमाले र माओवादीले एक/एक जनालाई सरकारमा पठाउने निर्णय गरेका हुन्। माओवादी केन्द्रका शाही मुगु प्रदेश सभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र–२ प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए। शाह र शाहीलाई मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीमा नियुक्त गरेसँगै आजै शपथग्रहण गराउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख