१ मत बदर हुँदा सुदूरपश्चिम सभामुख हुनबाट रोकिए भण्डारी
बिहीबार, २८ पुस २०७९, १९ : ४९
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि भएको मतदानमा कसैको पनि बहुमत नपुग्दा पुनः निर्वाचन हुने भएको छ । प्रदेशको सभामुखका लागि बिहीबार भएको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि पुनः शुक्रवार बिहान ११ बजे मतदान हुने छ ।
सभामुख पदको लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको थियो । निर्वाचनमा भण्डारीको पक्षमा २६ र रावलको पक्षमा २३ मत खसेको थियो । ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा ५० जना प्रदेश सभा सदस्य उपस्थित रहेका थिए । निर्वाचनमा सहभागी नहुनेमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी रहेका छन् ।
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको लागि २७ मत आवश्यक पर्छ । तर १ मत बदर हुँदा भण्डारी सभामुख हुनबाट रोकिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण