दिल्लीमा वर्षा, न्यूनतम तापमान ९.३ डिग्री मापन
बिहीबार, २८ पुस २०७९, २१ : ४१
नयाँ दिल्ली । दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो ।
भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार दिल्लीको अधिकतम तापक्रम सामान्यभन्दा दुई डिग्री बढी २१.६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार साँझ ६ः३० बजेको सापेक्षिक आर्द्रता ७३ प्रतिशत रहेको थियो ।
पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान र पश्चिमी उत्तर प्रदेशमा पश्चिमी अवरुद्धता र सतहमा लागेको हावाका कारण कुहिरोको स्थितिमा उल्लेखनीय सुधार आएको छ ।
पूर्वी उत्तर प्रदेश र बिहारमा बाक्लो कुहिरो लाग्ने क्रम जारी रहेको बताउँदै भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले जनवरी १५ देखि दिल्ली र यसका छिमेकी राज्यका केही स्थानमा शीतलहर पुनः जारी रहने जनाएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण