स्वदेश फर्किइन् बलिउड अभिनेत्री मलाइका
काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडा स्वदेश फर्किएकी छन् । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार साँझ आयोजना गरेको फेसन शोमा सहभागी जनाउन बिहीबारनै नेपाल आएकी उनी आज (शुक्रबार) स्वदेश फर्किएकी हुन् ।
उनी मध्यान्न १२ बजेको स्वदेश फर्किएको आयोजकले जनाएको छ । फेसन शो मलाईका ‘शो स्टपर’को रुपमा र्याम्प वक गरेकी थिइन् । शोमा उनले नेपाली गहना र पहिरन लगाएर र्याम्प वक गरेकी थिइन् ।
फेसन शोमा सहभागी पुर्व नेपालमा हुँदा कस्तो अनुभव भइरहेको छ भनेर उनलाई सोधिएको प्रश्नमा उनले यहाँ आउँदा आफूलाई निकै खुसी लागेको र आमन्त्रण गरेकोमा धेरै खुसी लागेको बताएकी छिन् ।
नेपाल भ्रमण आफ्नो पहिलो नभई यसअघि पनि धेरैपटक नेपाल भ्रमणमा आइसकेको बताएकी उनले नेपालको फेसन, सङ्गीत र फिल्मबारे केही मात्रै जानकारी भएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण