अस्ट्रेलियावासी थारुहरूले माघी महोत्सव मनाउँदै

सिड्नी । थारु समाज सिड्नीको आयोजनामा अस्ट्रेलियामा बसोबास गर्ने थारुहरूले माघ १ गते तेस्रो माघी महोत्सव आयोजना गरिरहेका छन् ।
थारु समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव दिउँसो १२ बजेबाट सुरु हुनेछ। कार्यक्रम स्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दूरीमा रहेको चौधरीले बताए।
कार्यक्रममा थारु परिकारको व्यवस्थासमेत गरिदैछ । घोंघीबाहेक ढिकरी, खिचरी, सुंगुरको मासु, तिलको लड्डु लगायत माघीको सबै परिकार उपलब्ध हुने अध्यक्ष चौधरीले बताए । उनले भने, पहिलो वर्ष कार्यक्रममा आउने पाहुनाहरूलाई सित्तैमा ख्वायौँ तर अर्को वर्षबाट गाह्रो भयो । त्यसैले, खानाको केही शुल्क रहेको छ ।
गैर थारुको पनि उपस्थिति हुने कार्यक्रममा थारु मौलिक नृत्य पनि देखाइने छ । यसपालि बिदाकै दिन आइतबार जनवरी १५ मा माघी परेकाले धेरै पाहुना आउने अध्यक्ष चौधरीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
-
मातापितालाई सोध्नोस्
-
तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत
-
मधेसी समाजले मनायो कतारमा बकर इद
-
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त