अस्ट्रेलियावासी थारुहरूले माघी महोत्सव मनाउँदै
सिड्नी । थारु समाज सिड्नीको आयोजनामा अस्ट्रेलियामा बसोबास गर्ने थारुहरूले माघ १ गते तेस्रो माघी महोत्सव आयोजना गरिरहेका छन् ।
थारु समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव दिउँसो १२ बजेबाट सुरु हुनेछ। कार्यक्रम स्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दूरीमा रहेको चौधरीले बताए।
कार्यक्रममा थारु परिकारको व्यवस्थासमेत गरिदैछ । घोंघीबाहेक ढिकरी, खिचरी, सुंगुरको मासु, तिलको लड्डु लगायत माघीको सबै परिकार उपलब्ध हुने अध्यक्ष चौधरीले बताए । उनले भने, पहिलो वर्ष कार्यक्रममा आउने पाहुनाहरूलाई सित्तैमा ख्वायौँ तर अर्को वर्षबाट गाह्रो भयो । त्यसैले, खानाको केही शुल्क रहेको छ ।
गैर थारुको पनि उपस्थिति हुने कार्यक्रममा थारु मौलिक नृत्य पनि देखाइने छ । यसपालि बिदाकै दिन आइतबार जनवरी १५ मा माघी परेकाले धेरै पाहुना आउने अध्यक्ष चौधरीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण