समीक्षा अधिकारीको 'भमरा' रिलिज
शनिबार, ३० पुस २०७९, ११ : ५१
काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।
गीतमा मोहन थापाको शब्द, सुवास भुसालको सङ्गीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । राम कुमार केसीको छायाँकन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।
केही समय अघि मात्रै सुनिल गिरीको जुम्ला बोलको गीत निर्देशन गरेका निर्देशक शिशिर आफैँमा एक कुशल कोरियोग्राफर पनि हुन् । करिब ६ दर्जन बढी म्युजिक भिडियोहरूको निर्देशन गरिसकेका शिशिरले डिसेम्बर फल्स, रोमियो, तिमी सँग, लभ स्टेसन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरूमा कोरियोग्राफी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण