शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समीक्षा अधिकारीको 'भमरा' रिलिज

शनिबार, ३० पुस २०७९, ११ : ५१
शनिबार, ३० पुस २०७९

काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।

गीतमा मोहन थापाको शब्द, सुवास भुसालको सङ्गीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । राम कुमार केसीको छायाँकन,  मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

केही समय अघि मात्रै सुनिल गिरीको जुम्ला बोलको गीत निर्देशन गरेका निर्देशक शिशिर आफैँमा एक कुशल कोरियोग्राफर पनि हुन् । करिब ६ दर्जन बढी म्युजिक भिडियोहरूको निर्देशन गरिसकेका शिशिरले डिसेम्बर फल्स, रोमियो, तिमी सँग, लभ स्टेसन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरूमा कोरियोग्राफी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप