‘गुञ्जन’ले कस्तो पाउँदैछ दर्शक ?
काठमाडौँ । फिल्म ‘गुञ्जन’ले प्रदर्शनको सुरुवातमा दर्शकको साथ पाउन सफल भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रवार औसत व्यवसाय गरे पनि शनिवार भने राम्रो दर्शक पाएको हो । वितरक करण श्रेष्ठ ‘क्रेजी’ले शुक्रवार र शनिवार फिल्मले राम्रो दर्शक पाएको बताए ।
‘फिल्म शुक्रवार केही हलमा हाउसफुल समेत भयो’, श्रेष्ठले भने ‘शनिवार भने अधिकांश हलमा राम्रो दर्शक देखिए’ शनिवार फिल्मले देशभरका अधिकांश हलमा ६० प्रतिशत बढी दर्शक पाएको वितरक श्रेष्ठको भनाइ छ । फिल्मले आज दर्शकको झन् राम्रो साथ पाउने अनुमान श्रेष्ठको रहेको छ ।
प्रेमकथामा बनेको ‘गुञ्जन’ अष्ट महर्जनले निर्देशन गरेका हुन् । दुई दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशन गर्दै आएका महर्जनको यो निर्देशमा डेब्यु फिल्म हो । आफ्नो निर्देशन रहेको पहिलो फिल्मले दर्शक राम्रो पाएको भन्दै निर्देशक अष्ट दंग छन् । ‘रिलिजको दिनसम्म मलाई फिल्मको एकदमै टेन्सन थियो । अहिले खुसी छु’, निर्देशक महर्जनले भने ‘व्यवसाय राम्रो त छँदैछ त्यो भन्दा पनि फिल्मको रिभ्यु राम्रो आएको छ । एउटा निर्देशकलाई त्यो भन्दा अर्को खुसी के होला र ?’
सारा श्रीपालि, प्रितमराज सेन्चुरी, कविर खड्का, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय फिल्ममा छ । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा बेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण