दुर्घटना भएकै जहाजमा पोखरा जाने तयारीमा थिए गायक पशुपति शर्मा
काठमाडौँ । चर्चित लोकगायक पशुपति शर्मा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्नबाट जोगिएका छन् । गायक शर्माले रातोपाटीसँगको कुराकानीमा सो कुराको जानकारी दिएका हुन् । उनले आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घटनामा पर्नबाट जोगिएको बताए ।
‘खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ’, शर्माले भने ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रुन मन लाग्यो ।’ ‘अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ । कसले देखेको छ र ?’ उनले थपे ।
शर्मा पोखरबाट अहिले स्याङजातर्फ लागेका छन् । त्यसपछि उनी बागलुङको कार्यक्रममा पुग्नेछन् । देशको बिभिन्न ठाउँमा मेला महोत्सव चलिरहेकोले अहिले त्यसैको सिलसिलामा आफु उपत्यका बाहिर रहेको शर्माले सुनाए । ६८ जना यात्रु र चालक दलका ४ सहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण