विमान दुर्घटनामा तीन डाक्टरको मृत्यु
आइतबार, ०१ माघ २०७९, २० : ३९
काठमाडौंँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा १० महिने शिशुसहित एक डाक्टर दम्पत्तिको पनि मृत्यु भएको छ । यस्तै अर्का डाक्टरको पनि मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
दुर्घटनामा डा.सुशिल श्रेष्ठ तथा डा.शोना दिवाकर र उनीहरुको १० महिने शिशुको मृत्यु भएको संघले जनाएको छ । यसैगरी डा.गणेश थापाको पनि मृत्यु भएको हो । संघले दुर्घटनामा परी उनीहरुको असामयिक निधन भएकोमा स्तब्ध भएको विज्ञप्तिमार्फत छ ।
यो अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै संघले दुर्घटनामा दीवंगत चिकित्सकहरुको असामयिक निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण