मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग

मङ्गलबार, ०५ साउन २०८३, १७ : १४
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • कांग्रेस सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारी निर्णयको स्वागत गरेका छन्।
  • उनले बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समेत सच्याउन सरकारसँग माग गरेका छन्।
  • थापाले समता शुल्क समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको स्वागत गर्दै बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समेत सच्याउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर सुरुदेखि नै अनुपयुक्त रहेको उल्लेख गरे। सरकारले सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था लागू नगर्ने निर्णय गर्नु सकारात्मक कदम भएको उनको भनाइ छ।

थापाले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी क्षेत्रको सेवा विलासिता नभई बाध्यता भएको बताए। निजी क्षेत्रलाई देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदारका रूपमा स्वीकार गर्नुपर्ने भन्दै उनले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने धारणा राखेका छन्।

उनले समता शुल्क समानताको नीति नभई असमानतालाई थप बढावा दिने व्यवस्था भएको टिप्पणी गर्दै सरकारको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया यथाशीघ्र पूरा गर्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप