बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तान : पूर्व महिला सांसदको गोली हानी हत्या, तालिबान आएपछि पनि देश छोडेकी थिइनन्

सोमबार, ०२ माघ २०७९, १० : १४
सोमबार, ०२ माघ २०७९

अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ । ३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी एक हुन् ।

आइतबार भएको आक्रमणमा उनका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । अफगानिस्तानमा तालिवानको पुनरागमन भएदेखि, महिलाहरूलाई सबै प्रकारका सार्वजनिक जीवनबाट पूर्ण रूपमा हटाइएको थियो ।

काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।

पूर्व सांसद मरियम सुलेमानखिलले भनिन्, ‘नबिजादा एक सच्चा मार्गदर्शक – बलियो, स्पष्टवक्ता महिला जो खतराको बाबजुद पनि आफ्नो विश्वासमा अडिग रहिन् । उनले अफगानिस्तान छोड्ने मौका पाइन् तर आफ्नै देशमा बस्न रोजिन् ।’

नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित भएकी थिइन् ।

उनी संसदीय रक्षा आयोगको सदस्य थिइन् र मानव संसाधन विकास संस्थानमा काम गर्थिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप