अफगानिस्तान : पूर्व महिला सांसदको गोली हानी हत्या, तालिबान आएपछि पनि देश छोडेकी थिइनन्
अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ । ३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तबिलान फर्किएपछि पनि देश नछाडेका महिला सांसदहरूमध्येकी एक हुन् ।
आइतबार भएको आक्रमणमा उनका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । अफगानिस्तानमा तालिवानको पुनरागमन भएदेखि, महिलाहरूलाई सबै प्रकारका सार्वजनिक जीवनबाट पूर्ण रूपमा हटाइएको थियो ।
काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।
पूर्व सांसद मरियम सुलेमानखिलले भनिन्, ‘नबिजादा एक सच्चा मार्गदर्शक – बलियो, स्पष्टवक्ता महिला जो खतराको बाबजुद पनि आफ्नो विश्वासमा अडिग रहिन् । उनले अफगानिस्तान छोड्ने मौका पाइन् तर आफ्नै देशमा बस्न रोजिन् ।’
नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित भएकी थिइन् ।
उनी संसदीय रक्षा आयोगको सदस्य थिइन् र मानव संसाधन विकास संस्थानमा काम गर्थिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण