एटिआर–७२ विमान दुर्घटनामा मृत्यु हुने २६ जनाको सनाखत (सूचीसहित)
काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदिको खोंचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये २६ वटा शव आफन्त र परिवारले चिनेर सनाखत गरिदिएका छन् ।
कतिपय शव परिचयपत्रको आधारमा सनाखत गरिएको छ । यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म सनाखत भएकाहरुको नामावली यस्तो छ :
१.निशान्त आचार्य, २७ वर्ष । पोखरा–१३ काहुँडाडा
२.संगिता शाही, २३ वर्ष । पोखरा–१७ हाल बालाजु काठमाडौं
३. डा. सुशील श्रेष्ठ, ३८ वर्ष । पोखरा महानगरपालिका–४
४. डा.सोना दिवाकर, ३६ वर्ष । पोखरा महानगरपालिका–४
५. रियान पौडेल, १० महिना, कुश्मा–१ पर्वत
६. सदाकत अलिमिया, पोखरा–१३ मियापाटन
७. लक्ष्मी पौडेल, पोखरा महानगर–१९ बाटुलेचौर
८. प्रसिद्धि पौडेल, ११ वर्ष । कुश्मा–९ कटुवाचौपारी
९. अरुण पौडेल, ४६ वर्ष । कुश्मा–९ कटुवाचौपारी
१०. पूर्णकुमार गुरुङ, पोखरा–२६
११. क्युङ्गचुल यु, ४५ वर्ष, कोरियन नागरिक
१२. विजयकुमार गुरुङ, ३९ वर्ष । मोदी–१ पर्वत
१३. रचना काफ्ले पौडेल, कुश्मा–१ पर्वत
१४. रक्की गुरुङ, ३४ वर्ष
१५. डा.गणेश थापा, ३७ वर्ष । शंकरनगर–८ रुपन्देही
१६. नतु परियार, (महिला) काठमाडौँ
१७. रिता परियार, काठमाडौँ
१८. हरि परियार, काठमाडौँ
१९. एसमिन गुरुङ, (महिला) पोखरा महानगरपालिका–८ जनप्रिय
२०. पुजन राना, पोखरा–१० बुद्धचोक
२१. सृजना होंगचुन, मुर्गिया बुटवल (एयर होस्जेट)
२२. त्रिभुवन पौडेल, पोखरा–११ फुलबारी (लाइसेन्सबाट सनाखत भएको)
२३. मोहन प्रकाश श्रेष्ठ, (३५ वर्ष) कावासोती नगरपालिका–६
२४. युरी ल्यागीन, रसियन नागरिक ।
२५. एलिना बान्दुरो, महिला । रसियन नागरिक ।
२६. जीवनकला गुरुङ, पोखरा–१६ छोरेपाटन ।
कास्कीका एसपी अजय केसीकाअनुसार अहिलेसम्म ४२ जना मृतक पहिचान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण