समाचार
विमान दुर्घटना अपडेट : सशस्त्रका गोताखोरले एउटा शव पानीबाट निकाले
३ जनाको अवस्था अझै अज्ञात
सोमबार, ०२ माघ २०७९, १५ : ३८
काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा स्थलमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । पोखरास्थित सेती नदीमा पसेर गोताखोरले एउटा शव निकालेका छन् ।
वेपत्ता ४ जनामध्ये एकजनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । दुर्घटनामा परेका ३ जनाको अवस्था अझै अज्ञात छ । सेतीको पानीमा सशस्त्र प्र्रहरी बलका गोताखोरले खोजिरहेका छन् ।
पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ । दुर्घटनास्थलमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण