समाचार
शव लिन सेनाको हेलिकप्टर पोखरामा
सोमबार, ०२ माघ २०७९, १६ : ४९
काठमाडौँ । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत मृतकका आफन्तले पोखरामै बुझ्न नसक्ने बाँकी शव काठमाडौँ ल्याउन लागिएको हो ।
‘पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चात् शव बुझाउन सुरु गरिएको छ । बाँकी मृतक यात्रुहरूको शव पोखराबाट काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ’, क्यानको विज्ञप्तिमा भनिएको छ ।
विमानमा चालकदलका सदस्यसहित ७२ जना सवार थिए । जसमा महिला २५ जना, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए । आइतबारको दुर्घटनामा हालसम्म ६९ जनाको शव फेला परिसकेको छ भने ३ जना अझै बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण