बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्टसम्पन्न
रुपन्देही । नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ ।
विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोस्रो हुन सफल भए । त्यसै गरी ३७८ किमी रेन्ज निकाल्न सफल सुबोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागी मध्ये २२ जना ले ३०० किमी रेन्ज भन्दा बढी निकालेका थिए ।
प्रथम स्थान प्राप्त गर्न सफल खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसङ स्मार्ट एलईडी टिभी जितेका छन् । त्यसै गरी दोस्रो स्थानमा रहेका शर्माले सामसङ ओभन हात पारे भने तेस्रो स्थानमा रहने भट्टराईले एयर फ्रायर जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण