मन्त्रीको सूची फाइनल गर्न राति १० बजेसम्म बालुवाटारमा बैठक जारी
सोमबार, ०२ माघ २०७९, २१ : ५९
काठमाडौँ । सत्ता साझेदार दलको बैठक करिब ४ घण्टादेखि जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीको सूची फाइनल गर्नेदेखि गठबन्धनभित्र भागबण्डाको विषयमा छलफल चलिरहेको हो । राति १० बजेसम्म बैठक जारी रहेको हो भने आज सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तारको प्रयासस्वरुप छलफल चलिरहेको बताइएको छ ।
बैठकअघि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच लामो छलफल भएको थियो । उक्त छलफलमा मन्त्रीहरुको भागबण्डा मिलेको बताइएपनि बालुवाटार समेत लम्बिएको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामलाई तिव्र बनाउन चाहेका छन् । सोहीअनुसार उनले पछिल्लो समय साझेदार दलबीच सहमति जुटाउन दौडधूप तीव्र पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण