विमान दुर्घटनामा मृत्यु भएका डा.गणेश थापाको शव परिवारलाई हस्तान्तरण
काठमाडौं । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका डा.गणेश थापाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । गण्डकी अस्पतालमा पोष्टमार्टम गरेर डा. थापाको शव परिवारलाई बुझाइएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
रुपन्देहीको बुटवल घर भएका थापा पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत थिए । ३६ वर्षीय थापाले चिनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका थिए । उनले अष्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका छन् ।
आइतबार पोखरास्थित सेतीको खोंचमा विमान दुर्घटना हुँदा ज्यान गुमाएका थापाले यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लानट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा पनि काम गरेका थिए । विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव भेटिएको छ । ३ जनाको शवको टुक्रा मात्रै फेला परेको र खोजी कार्य जारी रहेको कास्कीका एसपी केसीले जानकारी दिए ।
अहिलेसम्म पोखरा–१३ मियापाटन घर भएका सदाकत अलिमिया, पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पत्रकार त्रिभुवन पौडेल र डा. थापाको शव परिवारलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण