आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघद्वारा पाकिस्तानका अब्दुल रहमान मक्की ‘विश्वव्यापी आतंकवादी’ घोषित

मङ्गलबार, ०३ माघ २०७९, ०९ : ५६
मङ्गलबार, ०३ माघ २०७९

संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) ले सोमबार पाकिस्तानी मूलका चरमपन्थी अब्दुल रहमान मक्कीलाई ‘विश्वव्यापी आतंकवादी’ घोषणा गरेको छ । यो निर्णय यूएनएससीको आइएसआइएल (दाएश) र अल–कायदा प्रतिबन्ध समितिले लिएको हो ।

गत वर्ष भारतले लश्कर–ए–तैयबाका चरमपन्थी अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतंकवादी घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव ल्यायो तर चीनले त्यसलाई रोकेको थियो । यसपछि भारतले पनि चीनलाई कडा प्रतिक्रिया दिएको छ ।

अब्दुल रहमान मक्की जमात–उद–दावाका प्रमुख हाफिज सईदका आफन्त हुन्, जसलाई भारतमा २६ नोभेम्बर २०११ को चरमपन्थी हमलाको मास्टरमाइन्ड मानिन्छ ।

संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्ति अनुसार जनवरी १६, २०२३ मा सुरक्षा परिषद्को आइएसआईएल (दाएश) र अल–कायदा समितिले अब्दुल रहमान मक्कीको नाम विश्वव्यापी आतंकवादीको सूचीमा समावेश गरेको थियो । यसको परिणामस्वरुप विश्वभरि मक्कीको सम्पत्ति रोक्का गर्ने र मक्कीमाथि यात्रासहित अन्य प्रतिबन्ध हुनेछन् ।

समाचार एजेन्सी एएनआईका अनुसार भारत र अमेरिकाले अब्दुल रहमान मक्कीलाई आ–आफ्नो देशमा ‘आतंकवादी’ घोषणा गरिसकेका छन् । मक्की विरुद्ध युवाहरूलाई अतिवादतर्फ उक्साउने, भारतमा आक्रमणको योजना बनाउने, अवैध धन जुटाउनेलगायतका धेरै आरोप छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप