९ महिनामा ४ अर्ब ८५ करोड विदेशी लगानी प्रस्ताव
मङ्गलबार, ०३ माघ २०७९, १५ : २९

काठमाडौँ । नेपालमा यो वर्ष ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार २०७९ सालको पुससम्मको अवधिमा उक्त रकमको लगानी प्रस्ताव आएको हो ।
यस अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएको छ । जसमध्ये १९ वटा साना तथा मझौला उद्योग रहेका छन् भने ठुला उद्योगमा लगानी प्रस्ताव जम्मा एउटा आएको छ ।
यसमध्ये उत्पादनमूलक उद्योगतर्फ ३ वटा लगानी प्रस्ताव आउँदा पर्यटन मूलकमा ५ वटा लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामूलक उद्योगमा ७ वटा लगानी प्रस्ताव आएको छ भने सूचना प्रविधि उद्योगमा ३ वटा लगानी प्रस्ताव आएको छ ।
यसैगरी, पूर्वाधारतर्फ २ वटा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ । मंसिर महिनासम्म १६ वटा विदेशी लगानीको प्रस्ताव आएको थियो ।
विभागका अनुसार पुस महिनामा थप ४ वटा विदेशी लगानीको प्रस्ताव आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभामा ६ समितिका प्रतिवेदन पेस
-
रातोपाटीकर्मी दुलाल सम्मानित
-
लाइसेन्स पासमा सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’
-
राजतन्त्र होइन उन्नत व्यवस्था खोजिरहेछन् जनता
-
भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग