९ महिनामा ४ अर्ब ८५ करोड विदेशी लगानी प्रस्ताव
मङ्गलबार, ०३ माघ २०७९, १५ : २९
काठमाडौँ । नेपालमा यो वर्ष ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार २०७९ सालको पुससम्मको अवधिमा उक्त रकमको लगानी प्रस्ताव आएको हो ।
यस अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएको छ । जसमध्ये १९ वटा साना तथा मझौला उद्योग रहेका छन् भने ठुला उद्योगमा लगानी प्रस्ताव जम्मा एउटा आएको छ ।
यसमध्ये उत्पादनमूलक उद्योगतर्फ ३ वटा लगानी प्रस्ताव आउँदा पर्यटन मूलकमा ५ वटा लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामूलक उद्योगमा ७ वटा लगानी प्रस्ताव आएको छ भने सूचना प्रविधि उद्योगमा ३ वटा लगानी प्रस्ताव आएको छ ।
यसैगरी, पूर्वाधारतर्फ २ वटा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ । मंसिर महिनासम्म १६ वटा विदेशी लगानीको प्रस्ताव आएको थियो ।
विभागका अनुसार पुस महिनामा थप ४ वटा विदेशी लगानीको प्रस्ताव आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण