महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा. लि. गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५% र अल्फा केयर प्रा. लि. का सेवाहरुमा अधिकतम १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण