आधा घण्टाको फरकमा झोलुंगे पुल निर्माण गर्ने मन्त्री पाण्डेको निर्णय
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्सांकन अघि बढाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् ।
प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए ।
मन्त्रालयअन्तर्गत शुरु भएर अघि बढ्न नसकेका आयोजना कसका कारण अघि बढ्न नसकेको हो भनी बुझेर तुरुन्त अघि बढाउने उनको भनाइ थियो ।
हरेक आधा घण्टामा जनताले झोलुङ्गे पुलबाट खोला पार गर्न पाउन् भनेर झोलुङ्गे पुल निर्माण अघि बढाउन लागिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । पहिले कहाँकहाँ कति आवश्यकता छ भनी नक्साङ्कन गरिने उनको भनाइ छ । तीन वर्षमा सकिने गरी आयोजना अघि बढाउन लागिएको हो । उनले भने, “हरेक आधा घण्टामा एउटा पुल हुन कति चाहिन्छ अध्ययन गरेर निर्माण गरिनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण