मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ । प्रतिपक्षमै रहेर पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द न्यौपानेले जानकारी दिए ।
‘अहिलेको अवस्थामा प्रदेशसभामा कुनै पनि दलको प्रस्ट बहुमत छैन,’ उनले भने, ‘त्यसैले हामीसँग धेरै विकल्प पनि छैन । यो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन उचित ठानेर सोही अनुसारको निर्णय गरेका छौं ।’ उनले आफूहरु सरकारमा भने सामेल नहुने बताए ।
यस्तै, अर्को प्रतिपक्षी दल नेपाली कांग्रेस भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अझै प्रस्ट भइसकेको छैन । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, ‘हामी छलफलको क्रममै छौं, कुनै निर्णयमा पुगिसकेका छैनौं ।’ विश्वासको मत दिने बेलासम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ थियो ।
प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र दलीय आधारमा उक्त प्रस्तावमाथि छलफलपछि मत विभाजन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ
-
ओली र देउवाबिच भेटलगत्तै बालुवाटारमा क्याबिनेट बैठक सुरू
-
ओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल
-
रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग
-
रातोपाटी समाचार प्रभाव : मध्यपश्चिम विश्वविद्यालयले नियमावलीविपरीत गरेको विज्ञापन स्थगन
-
रवीन्द्रले इजलासमा भने– राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो