मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ । प्रतिपक्षमै रहेर पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द न्यौपानेले जानकारी दिए ।
‘अहिलेको अवस्थामा प्रदेशसभामा कुनै पनि दलको प्रस्ट बहुमत छैन,’ उनले भने, ‘त्यसैले हामीसँग धेरै विकल्प पनि छैन । यो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन उचित ठानेर सोही अनुसारको निर्णय गरेका छौं ।’ उनले आफूहरु सरकारमा भने सामेल नहुने बताए ।
यस्तै, अर्को प्रतिपक्षी दल नेपाली कांग्रेस भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अझै प्रस्ट भइसकेको छैन । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, ‘हामी छलफलको क्रममै छौं, कुनै निर्णयमा पुगिसकेका छैनौं ।’ विश्वासको मत दिने बेलासम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ थियो ।
प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र दलीय आधारमा उक्त प्रस्तावमाथि छलफलपछि मत विभाजन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण