यती एयरलाइन्सले भन्यो– ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको खोजी जारी
बुधबार, ०४ माघ २०७९, १२ : ४१
काठमाडौं । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ७१ जनाको शव फेला परिसकेको र बाँकी एक जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । बुधबार एयरलाइन्सले दिएको जानकारी अनुसार शव फेला परेका ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइएको छ ।
मंगलबारसम्म ४८ जनाको शव काठमाडौं ल्याइएकोमा मंगलबार नै फेला परेको थप एक शवसमेत बुधबार काठमाडौं ल्याइ पोस्टमार्टम भइरहेको यती एयरलाइन्सले जनाएको हो । यसअघि २२ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा शव पोस्टमार्टम गरी पोखरामै परिवारलाई हस्तान्तरण गरिएको यती एयरलाइन्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण