मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्दै भने– सबैको मत पाउनेमा विश्वस्त छु
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै आफूलाई सबैले विश्वासको मत दिनेमा विश्वस्त रहेको बताएका छन् ।
उनले प्रदेशसभामा रहेका १० वटै दल र सबै सांसदबाट सर्वसम्मत रुपमा विश्वासको मत पाउँ भन्ने प्रस्तावसमेत गरे । आफूले यसअघि प्रदेशसभामा सभामुखको भूमिका निर्वाह गरिसकेको स्मरण गराउँदै उनले भने, ‘सदन चलाउँदा सबै दल, सबै माननीय र प्रदेश सरकारसँग मिलेर काम गर्दै मैले आफ्नो भूमिका निर्वाह गरेँ, अब त्यो भन्दा राम्रो भूमिका निर्वाह गरेर सरकार चलाउँछु ।’
पहिलेको सरकारका राम्रा कामलाई निरन्तरता दिने पनि उनले प्रस्ट पारे । जनतालाई महसुस हुने गरी राम्रा योजना ल्याएर विकास निर्माणको काम गर्ने उनले बताए ।
भ्रष्टाचार नियन्त्रणबारे ठोस कदम चालिने प्रतिबद्धता जनाउँदै उनले आवश्यकता अनुसार कानुन निर्माण गर्ने र निर्माण भएका कानुनलाई आवश्यकता अनुसार संशोधन गर्ने प्रस्ट पारे ।
मुख्यमन्त्री यादवले निर्वाचन क्षेत्रमा पुग्ने बजेटमा विचौलियाको पहुँच हुन नदिने प्रतिबद्धतासमेत जनाए । सम्बन्धित क्षेत्रका सांसदले नै आफ्नो क्षेत्रमा भइरहेका कामको अनुगमन गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण