चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर पुग्दैन : अर्थशास्त्री वाग्ले
काठमाडौँ । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, सोयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन् ।
उनले नेपाल विप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसके पनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्ने बताए । उनले सरकारले अनुदान सोचे जति उठाउन नसकेको पनि बताए । ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको उनको भनाई थियो ।
वाग्लेले सरकारले राजश्व र खर्चको असन्तुलन निर्मम रूपमा अघि बढ्नुपर्ने बताए । उनले नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको बताए । उनले बहालवाला कर्मचारीलाई तालिम दिएर राजश्व सङ्कलन नबढ्ने भन्दै कर्मचारीलाई तालिमभन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) हरूलाई हायर गरेर काम गर्ने हो भने राजश्व बढाउन सकिने जिकिर गरे ।
उनले विश्वभर नै आर्थिक अवस्था सङ्कुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्न सक्ने बताए । उनले बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार मुलुक सुहाउँदो बनाउनुपर्ने बताए । उनले सरकारले राजश्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण